बाटोमा हिडिरहेको बेला खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु
nepalpress.com · Sat Jul 18 14:16:38 GMT 2026

रुपन्देही । बाटोमा हिडिरहेका बेला खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु भएको छ। जिल्लाकाे परिवर्तन गाउँपालिका–४, पाछावाङस्थित सल्लाबोट निवासी ५७ वर्षिय देउप्रसाद घर्तीको यसरी पहिरोमा पुरिएर मृत्यु भएको हो ।
रोल्पा प्रहरीका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार शुक्रबार राती खसेको पहिरोमा पुरिएका घर्तीलाई शनिबार बिहान मात्रै मृतअवस्थामा फेला पारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)