पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्टस् बरामद
ratopati.com · Sat Sep 19 03:47:53 GMT 2026

नवलपरासी । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासी बाट ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले गएराति करिब ११:५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -४ स्थित झाडीमा लुकाई छिपाई अवैध ढङ्गले राखेको सो सामान बरामद गरेको हो ।
अवैध सामान झाडीमा लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमान्डमा गएको टोलीले खोज तलास गर्दा करिब ८० लाख ३० हजार बराबरको मोबाइलका पार्टसहरु मोबाइल ब्याट्री,टेम्पर ग्लास, एअरबर्ड,स्मार्ट वाच र स्पिकर लगायतको सामान बरामद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)