कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित
barnanmedia.com · Wed Jun 03 09:10:43 GMT 2026

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो ।
बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेलगायतका कार्यसूची रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)