सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
nepalviews.com · Sat Sep 19 04:04:33 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसमा प्रवेशमा ‘तत्काल’ प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । सञ्चारमाध्यमसँग ट्रम्पको लामो समयदेखि चल्दै आएको तनावपूर्ण सम्बन्धकै क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
शुक्रबार आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा ट्रम्पले ती सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘लगातार काल्पनिक कुरा वा झूट’ लेख्ने तथा प्रसारण गर्ने गरेको आरोप लगाए । तर उनले कुन समाचार वा रिपोर्टका कारण यस्तो निर्णय लिएको हो भन्ने कुनै उदाहरण दिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)