भारतको 'छिमेकी पहिलो' नीतिमा नेपाल प्राथमिकता: रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश
barnanmedia.com · Wed Jun 03 09:16:46 GMT 2026

काठमाडौँ — भारतको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा विशेष भेटवार्ता भएको छ। नेपालमा नयाँ सरकार गठन र विकसित राजनीतिक घटनाक्रमका बीच यो उच्चस्तरीय भेटघाट भएको हो।
भेट लगत्तै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक फेसबुक पेजमा भेटघाटका तस्बिरहरू सार्वजनिक गर्दै लामिछानेसँगको संवादप्रति खुसी व्यक्त गर्नुभएको छ। फेसबुक पोस्टमार्फत मोदीले भन्नुभएको छ, "नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेजीसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण ऐक्यबद्धता छ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)