सिराहामा ट्रकले किचेर एक पैदलयात्रीको मृत्यु
ratopati.com · Sat Sep 19 04:09:43 GMT 2026

सिराहा । सिराहामा ट्रकले किचेर एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा ना.४ ख ८५०४ नम्बरको मालबाहक ट्रकले किचेर स्थानीय पैदल यात्री करिब ५५ वर्षीय रामपृत मण्डलको मृत्यु भएको हो।
पूर्वबाट पश्चिम तर्फ गइरहेको ट्रकले पैदल यात्रीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। किच्ने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)