अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम
gorkhapatraonline.com · Wed Jun 03 09:40:23 GMT 2026

अविनाश सुनार र भगवती खड्काले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।
अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रच्नुभएको हो । दुवै बागमती प्रदेशका हुनुहुन्छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गनुर्सभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)