नगर अस्पताल निर्माण अन्तिम चरणमा
gorkhapatraonline.com · Sat Sep 19 04:20:23 GMT 2026

दाङको घोराही उपमहानगरपालिका अन्तर्गत तल्लोभकारेमा निर्माण हुन थालेको १५ शय्याको नगर अस्पताल अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०८२/८३ मा निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको नगर अस्पतालको करिब ८५ प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
दुई वर्षभित्र नगर अस्पतालको भवन निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको थियो । सम्झौता मितिमा काम हुन नसकेपछि २०८० मङ्सिरमा पेटी ठेकेदारका रूपमा न्यु चाँदनी निर्माण प्रालिले अस्पताल निर्माणको जिम्मा लिएको थियो । घोराही उपमहानगरपालिकाका इन्जिनियर मधुसूदन खतिवडाले पेटी ठेक्काका रूपमा अस्पताल भवन निर्माणको जिम्मा लिएको न्यु चाँदनी निर्माण प्रालिले हालसम्म निर्माण गर्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)