सिद्धबाबा सुरुङमार्ग निर्माण प्रभावित
gorkhapatraonline.com · Sat Sep 19 04:23:05 GMT 2026

भोटेकोशी बाढीका कारण सिद्धबाबा सुरुङमार्ग निर्माण प्रभावित बनेको छ । गत भदौ १० गते गएको भोटेकोशी बाढीमा परी सुरुङमार्गका लागि ल्याइएका सामग्री बगाएपछि निर्माण कार्यमा अवरोध आएको आयोजनाले जनाएको छ ।
बाढीपछि सिर्जित परिस्थितिले यही कात्तिकभित्र सुरुङमार्ग सञ्चालन गर्ने योजना पछि धकेलिएको आयोजनाको कार्यालय बुटवलले जनाएको छ । सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बाढीले बगाएपछि सुरुङमार्गमा सवारी गुडाउने योजना तीन महिनापछि धकेलिएको आयोजनाका प्रमुख नवराज बाँस्तोलाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)