पश्चिम नवलपरासीबाट ८० लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद
gorkhapatraonline.com · Sat Sep 19 04:20:57 GMT 2026

सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपियाँभन्दा बढी मूल्यका मोबाइल पार्टपुर्जा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सेमरीले शुक्रबार राति करिब ११ः५५ बजे पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित झाडीमा लुकाइछिपाइ अवैध रूपमा राखिएको उक्त सामान बरामद गरेको हो ।
झाडीमा अवैध सामान लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमान्डमा गएको टोलीले खोजतलास गर्दा करिब ८० लाख ३० हजार रुपियाँ बराबरका मोबाइलका पार्टपुर्जा बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)