मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हदबन्दीभन्दा बढी भएको जमीन कुनै हालतमा विक्री हुँदैन : मन्त्री श्रेष्ठ

abhiyandaily.com

विराटनगर । झापाको गिरीबन्धु टी इस्टेटलगायतको जमीन ओली सरकारको पालामा हदबन्दीभन्दा बढी विक्री गर्न भएको निर्णय कुनै पनि हालतमा कार्यान्वयन नहुने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले बताएकी छन् । उनले भनिन्, ‘हदबन्दीभन्दा बढी भएको सरकारी जग्गा विक्री गर्ने निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन दिन्न ।’

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले ऐन नै संशोधन गराएर झापाको गिरीबन्धु टी इस्टेट र सोही प्रकृतिका धेरै जग्गा विक्री गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले जग्गा दलालहरूलाई अर्बाैंको चलखेल गर्न बाटो खुलेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)