पर्यटकीय गन्तव्य बन्दै ढुङ्गे बगैँचा
gorkhapatraonline.com · Sat Sep 19 04:26:18 GMT 2026

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका डिभर्नास्थित ढुङ्गे बगैँचा (रक गार्डेन) आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक रूपमा निर्माण भएका विभिन्न आकार र स्वरूपका चट्टान तथा वरपरको हरियालीका कारण रक गार्डेनमा पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको हो ।
यहाँ प्राकृतिक चट्टानका अनौठा स्वरूप मुख्य आकर्षणका रूपमा रहेका छन् । चट्टान, वनजङ्गल र प्राकृतिक भूबनोटले यस क्षेत्रलाई अन्य पर्यटकीयस्थलभन्दा फरक बनाएको स्थानीयको भनाइ छ । पछिल्लो समय यहाँ अर्घाखाँचीसहित रुपन्देही, पाल्पा, गुल्मी, कपिलवस्तुलगायत जिल्लाबाट पर्यटक आउने गरेका छन् । स्थानीय प्रेम बुढाथोकीले ‘रक गार्डेन’ को प्राकृतिक बनावटका कारण बाहिरी जिल्लाबाट समेत पर्यटक आउन थालेको बताउनुभयो । उहाँका अनुसार पर्याप्त प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके ‘रक गार्डेन’ लाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)