नेपालको विद्युत् निर्यातमा नयाँ उचाइ, भदौमै ५ अर्बभन्दा बढीको कारोबार
kalakarmi.com · Sat Sep 19 04:28:19 GMT 2026

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो ।
प्राधिकरणकाअनुसार भदौ महिनामा द्विपक्षीय सम्झौतातर्फ ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात गरी ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)