दक्षिणी यमनमा अमेरिकी जहाजमा मिसाइल प्रहार : भाग्यले बाँचेका भक्तपुरका धुव्र राउत स्वदेश फर्किँदै
nayapatrikadaily.com · Sun Mar 10 00:30:00 GMT 2024
चालकदलका तीन सदस्यको ज्यान जाने गरी दक्षिणी यमनमा बिहीबार हुथी विद्रोही समूहले मिसाइल आक्रमण गरेको अमेरिकी कार्गो जहाजमा रहेका एक नेपाली भाग्यले बाँचेका छन् । जहाजभित्रै रहेका भक्तपुरका ध्रुव राउत सकुशल फेला परेको र स्वदेश फर्किने तयारीमा रहेको इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले जानकारी दिएका हुन् ।
‘चालकदलका तीन सदस्यको मृत्यु भयो । म गार्डका रूपमा कार्यरत थिएँ, बँचेर फर्किँदै छु,’ उनले टेलिफोनमा भने, ‘अप्रत्याशित रूपमा घटना भएपछि कम्पनीले नै मलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ । आइतबार यहाँबाट नेपालतर्फ प्रस्थान गर्दै छु । म सकुशल छु ।’ राउत दुई महिनाअघि मात्रै त्यहाँ गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)