नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
gorkhapatraonline.com · Sat Sep 19 04:32:48 GMT 2026

नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको छ । २०७२ साल असोज ३ गते जारी भएको संविधानको कार्यान्वयनले लुम्बिनी प्रदेशका नागरिकले परिवर्तनको चाहना पूरा हुँदै गएको महसुस गरेका छन् ।
राज्यका विभिन्न तहमा महिला, दलित, आदिवासी, जनजाति, मधेशीलगायत सबैको वर्ग, क्षेत्र र लिङ्गको पहुँच बढेको अनुभूति हुँदै गएको सरोकारवालाले बताएका छन् । संविधानको मर्म र भावना अनुसार नागरिकले घर घरसम्म पाउनुपर्ने सेवा र सुविधामा अझै कमी रहेको महसुस भए पनि त्यसमा बिस्तारै सुधार हुँदै जाने र परिवर्तनको अनुभूति गर्न पाइने विश्वास आमनागरिकले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)