न्याय पाउने बलियो आशा बोकेर घर फर्किए मिटरब्याज पीडित
annapurnapost.com · Sat Jul 18 15:07:37 GMT 2026

सिमराः सरकारसँग सहमति भएसँगै मिटरब्याज पीडितहरू न्यायको बलियो आशा बोकेर शनिबार आ–आफ्नो घर फर्किएका छन्। काठमाडौंमा सरकारसँग वार्ता गरेर फर्किएको टोलीले बाराको निजगढमा आइपुगेर सहमतिका विषयमा विस्तृत जानकारी गराएपछि पीडितहरूले ‘पैदल न्याय मार्च’ आन्दोलन स्थगित गरी घर फर्किएका हुन्।
सरकारसँग भएको सहमति कार्यान्वयनमा आएमा मिटरब्याजका कारण गुमेका सबै सम्पत्ति फिर्ता हुने र फर्जी कागजातका कारण प्रशासन तथा न्यायालयबाट झेल्नुपरेको कानुनी झमेलाबाट मुक्ति पाइने आशा पीडितहरूले व्यक्त गरेका छन्। मिटरब्याजलाई आर्थिक अपराधको रूपमा लिँदै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा मन्त्रिपरिषद्बाट हुने सहमतिले पीडितमा आशा जगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)