२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही
nepalsamaya.com · Sat Sep 19 04:41:00 GMT 2026

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)