च्यासलबाट ओलीको गर्जन : ‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर’
kendrabindu.com · Sat Sep 19 04:52:32 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताएका हुन् ।
उनले भने, ‘केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ ।’उनले आफू छ दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)