कोशी प्रदेशमा ५८ करोडभन्दा बढी बेरुजु, १८२ सरकारी निकायको लेखापरीक्षणमा अनियमितता खुलासा
ajakoartha.com · Wed Jun 03 10:12:00 GMT 2026

विराटनगर- महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ रु ५८ करोड ६६ लाख ८३ हजार बेरुजु रहेको जनाएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका १८२ सरकारी कार्यालय, समिति तथा २६ अन्य संस्थाका गरी कूल २०८ निकायको लेखा परीक्षणबाट सो परिमाणको बेरुजु देखिएको उल्लेख छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङलाई महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक श्रीकुमार राईले मङ्गलबार वार्षिक प्रतिवेदन पेस भएको थियो । उक्त प्रतिवेदनले सरकारी कार्यालयतर्फ असुल गर्नुपर्ने रु १४ करोड ६५ लाख १९ हजार, अनियमित भएको रु सात करोड ३२ लाख ६३ हजार, प्रमाण कागजात पेस नभएको रु २७ करोड ४५ लाख ६१ हजार र पेस्की रु तीन करोड तीन लाख ३७ हजार बेरुजु देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)