मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा बालेनको धङधङि हटिसक्यो धरानका मेयरको स्वाङ बेग्लै

barnanmedia.com · Sat Jul 19 21:30:24 GMT 2025

नेताहरूलाई टुकुचामा गाडीदिने देखि सिंहदरबार जलाइदिने धम्की फेसबुकबाट दिएर अराजकता मच्याएका काठमाडौं महानगरका मेयर बालेन शाह अचेल चुपचाप छन्। काठमाडौं भ्यु टावर प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि प्रहार गरेको क्षप्रयास्त उल्टै आफूतिर सोझियो। त्यही कारण उनी महानगरका अल्पमतमा मात्र परेनन् बजेट नै ल्याउन नसक्ने स्थितिमा पुगे। अन्य जनप्रतिनिधि र केन्द्र सरकारलाई गलाउने रणनीति असफल भएपछि असार अन्तिम साता बजेट आइसकेको छ।

तर, ०७९ को चुनावमा बालेनझैं स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयर बनेका हर्क साङ्पाङको स्वाङ उस्तै छ। धरानमा खानेपानीको समस्यालाई मुद्दा बनाएर मेयर बनेका उनी अहिले त्यही मुद्दामा पिल्सिएका छन्। केही महिना अघि खाली गाग्रो लिएर सिंहदरबार छिरेका हर्कले बेलाबेला श्रमदान गरिरहेका हुन्छन्। तर, श्रमदान भनिए पनि डोर हाजिरी गरेर श्रमदान गर्नेहरुले भत्ता लिने गरेको कथा छुट्टै छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)