कात्तिक ६ बाट प्रदर्शन हुँदै ‘कबड्डी ५’
kendrabindu.com · Sat Sep 19 05:05:22 GMT 2026

काठमाडौं । चलचित्र ‘कबड्डी’को पाँचौँ शृंखला ‘कबड्डी ५ आफ्टर द फाइनल म्याच’को प्रदर्शन मिति तय भएको छ । दसैँको टीकाको पर्सिपल्ट (कात्तिक ६ गते)देखि यो चलचित्र प्रदर्शन हुने भएको छ ।
शुक्रबार निर्माण टिमले सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा सिनेमाका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धी तामाङ) अटाएका छन् । उनीहरू क्यारेक्टर लुक्समा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)