सन्दर्भ संविधान दिवसः संघीयतापछि दलित र सीमान्तकृत समुदायको जीवनमा आएको परिवर्तन
rajdhanidaily.com · Sat Sep 19 05:11:43 GMT 2026

जनकपुरधाम । कुनै बेला सार्वजनिक कार्यक्रममा आफ्नो कुरा राख्नसमेत हिच्किचाउने धनुषाको सबैला नगरपालिकाका रेणु महरा अहिले स्थानीय सरकारको निर्णय प्रक्रियामा सक्रिय सहभागी छिन् । सामान्य लेखपढ गर्न जान्ने महराले हाल जनप्रतिनिधिका रूपमा नगरपालिकाको योजना निर्माण तथा कार्यान्वयनमा आफ्नो भूमिका निर्वाह गर्दै आएकी छिन् ।
दलित समुदायभित्र पनि लामो समयदेखि सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएको चमार जातकी महराका लागि जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नु केबल व्यक्तिगत उपलब्धि मात्र होइन, सामाजिक परिवर्तनको एउटा उदाहरणसमेत हो । ‘पहिले सार्वजनिक ठाउँमा गएर आफ्ना कुरा राख्न पनि अप्ठ्यारो लाग्थ्यो, अहिले समुदायका समस्या लिएर बैठकमा बोल्न र समाधानका लागि पहल गर्नसक्ने भएकी छु,’ उनी भन्छिन्, ‘संविधानमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गरेपछि म जस्ता थुप्रै दलित महिलाहरुले जनप्रतिनिधि बन्ने अवसर मात्र पाएको छैन, निर्णय प्रक्रियामा सहभागीसमेत भएका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)