सुनसरीबाट १४५४ किलो गाँजासहित ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ
annapurnapost.com · Sat Sep 19 05:03:51 GMT 2026

विराटनगर : ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी सुनसरीमा ठूलो परिमाणको गाँजासहित शनिबार बिहान पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट १४ सय ५४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।
प्रहरीले इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहान करिब ३ बजेतिर यादवलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गर्दै गरेको अवस्थामा यादव पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)