'संविधानले बाटो दिएको छ भन्दैमा अधिकारको जथाभाबी प्रयोग गर्नु हुँदैन'
ratopati.com · Sat Sep 19 05:17:36 GMT 2026

सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना ७ दिनसँगै न्याय क्षेत्रमा चार दशक बिताएका न्यायाधीश ईश्वरप्रसाद खतिवडा सम्मानित न्यायमूर्तिका रूपमा परिचित छन् । उच्च आचरण र महत्त्वपूर्ण नजिर स्थापित गर्ने फैसलाहरू नै उनको न्यायिक जीवनका चिनारी हुन् । २०३९ सालमा न्याय क्षेत्रमा प्रवेश गरेका खतिवडा २०७३ साउनमा सर्वोच्च अदालतमा न्यायाधीश हुँदै २०८० फागुनमा वरिष्ठ न्यायाधीशबाट अवकाश पाएका थिए ।