मोरङ र झापा तीनपोखरी फुटबलको सेमिफाइनलमा
barnanmedia.com · Sat Jan 11 23:35:08 GMT 2025
मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)