न्यायमा बिचौलिया प्रभाव र अनुचित पहुँचमा शून्य सहनशीलता आवश्यक : प्रधानन्यायाधीश
baahrakhari.com · Wed Jun 03 10:43:01 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक सुशासन र जनआस्था बढाउन बार र बेञ्चको साझा प्राथमिकता हुनुपर्ने बताएका छन् ।
अदालतप्रतिको विश्वास फैसलाको परिणाममा मात्र नभई समग्र न्यायिक प्रक्रिया कति स्वच्छ, पारदर्शी, मर्यादित र निष्पक्ष छ भन्ने कुरामा समेत निर्भर गर्ने शर्माले बताए । "त्यसैले न्यायिक प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, बिचौलिया प्रभाव, अनुचित पहुँच, ढिलासुस्ती वा अपारदर्शी व्यवहारप्रति शून्य सहनशीलता आवश्यक छ," शर्माले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)