मैले तरबार बोक्नु पर्दैन, कलम काफी छ : अध्यक्ष ओली
barnanmedia.com · Sat Sep 19 05:20:01 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने दुष्प्रयासहरू कहिल्यै सफल नहुने स्पष्ट पारेका छन्। संविधान दिवसका अवसरमा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेकाले कुनै पनि षड्यन्त्रबाट विचलित नहुने दाबी गरे।
विरोधीहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले महाभारतको प्रसंग जोडेर भने, ‘केपी ओली मैदानमा छ। अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ।’ महाभारतमा जटिल परिस्थितिमा भीष्मपितामह ढलेको प्रसंग उल्लेख गर्दै आफू कुनै हालतमा त्यसरी ढल्ने र मैदान छाड्ने अवस्थामा नरहेको अडान उनले दोहोर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)