मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिसिटिभी प्रकरण : छानबिन समितिको म्याद एक साता थपियो

nayapatrikadaily.com · Fri Jul 22 00:22:00 GMT 2022

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकले सहमति दिएसँगै म्याद थप भएको हो ।

आधार र प्रमाणसहित निष्कर्षमा पुगेर प्रतिवेदन पेस गर्न छानबिन समितिले थप समय मागेको बताउँदै बिहीबारको संसद् बैठकमा सभामुख अग्नि सापकोटाले म्याद थप्न प्रस्ताव गरेका थिए । जसलाई बैठकले अनुमोदन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)