राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक
nagariknews.nagariknetwork.com · Sat Sep 19 05:21:32 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन्। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।
विशेष समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए। सैनिक हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)