हिम्मतले हात चलाएका देव
lokaantar.com

जीवनमा आइलाग्ने कठिन परिस्थितिले धेरैलाई निराश बनाउँछ । तर, केही मानिस यस्ता हुन्छन्, जसले आफ्नो शारीरिक कमजोरीलाई सफलताको यात्रामा प्रेरणा बनाउँछन् । दुवै हातमा समस्या भएका दाङका देव परियारले आफ्नो सीप र आत्मविश्वासको बलमा कपाल काट्ने काम गरेर उदाहरण प्रस्तुत गरेका छन् । जिल्लाको राप्ती गाउँपालिका–२ बराहखुट्टेका १८ वर्षीय शारीरिक अपाङ्गता भएका देवले असम्भवजस्तै मानिने कामलाई सम्भव तुल्याएर देखाएका हुन् ।
देवका दुवै हातमा कुहिनाभन्दा तल समस्या छ । दुवै हातका औंला नै छैनन् । एउटा औंलाजस्तो आकारमा कैँची, मेसिन, छुरा अडाएर उनी कपाल काटिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)