प्रदेश सभा निर्वाचन : माओवादी केन्द्र ५५ स्थानमा विजयी
gorkhapatraonline.com · Wed Nov 30 00:43:32 GMT 2022
लक्ष्मण दर्नाल
काठमाडौँ, मङ्सिर १४ गते । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ। प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ। हालसम्म राजेन्द्र कार्की सङ्खुवासभा (क), गणेशप्रसाद उप्रेती मोरङ २ (क), जीवन आचार्य मोरङ ६ (क)मा निर्वाचित हुनुभएको छ। त्यस्तै गोम्बु शेर्पा सोलुखुम्बु १ (क), बाबुराम गौतम ओखलढुङ्गा १ (ख), दुर्गाप्रसाद चापागाईं तेह्रथुम (ख) र नारायणबहादुर मगर उदयपुर २ (क)बाट निर्वाचित हुनुभएको छ। प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)