संविधान दिवसमा देखियो उत्सव (फाेटाे फिचर)
nepalpress.com · Sat Sep 19 05:33:14 GMT 2026

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम इनरुवामा प्रभातफेरी निकालिएको छ।
जिल्ला समन्वय समिति सुनसरीको संयोजनमा आयोजित प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, सुरक्षाकर्मी, सरकारी कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता थियो । जिल्ला समन्वय समिति परिसरबाट सुरु भएको प्रभातफेरी मुख्य बजार हुँदै पञ्चवटी पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)