बजेटको आकार बढ्यो, तर राज्यको चरित्र परिवर्तन गर्ने योजना आएन : पूर्वअर्थमन्त्री पाण्डे
lokaantar.com

नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कुनै नयाँपन नभएको बताएका छन् । बजेटको आकार २५ प्रतिशतले बढे पनि राज्यको चरित्र परिवर्तन गर्ने कुनै योजना समावेश नभएको उनको दाबी छ ।
रूपन्देही व्यापार संघले बुधबार बुटवलमा आयोजना गरेको आर्थिक बहसमा नेता पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । ‘जनताको ठूलो आशा र चासो रहेको बजेट अघिल्लै योजनाको निरन्तरता मात्र छ,’ नेता पाण्डेले भने, ‘बजेटले पुराना कार्यक्रम मात्र बोकेको छ, नयाँ शब्दमात्र हालेको छ । तात्विक रुपान्तरण हुने नयाँ घोषणा केही छैनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)