मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना, सातजना घाइते

baahrakhari.com · Wed Jun 03 10:54:38 GMT 2026

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–१०, टारीबेसीमा भ्यान दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्किएका यात्रु सवार भ्यान बुधबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

वाग्मती प्रदेश बीएएफ ०२२३ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता एवं सूचना अधिकारी श्यामकुमार बस्नेतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय