सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौँः प्रधानमन्त्री
saralpatrika.com · Sat Sep 19 05:37:26 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले शहीदको रगतले लेखिएको संविधानलाई सरकारले कामबाट पूर्णता दिने बताए।
‘संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ। म यो बाचा आज फेरि दोहोर्याउँछु। संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ– हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट र नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)