आईपीएल : गुजरात प्लेअफ पुग्ने पहिलो टिम
baahrakhari.com · Tue May 10 18:09:00 GMT 2022
काठमाडौं । शुबमन गिलको अविजित ६३ रन तथा रसिद खानको चार विकेटप्रेरित गुजरात टाइटन्सले मंगलबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्टलाई ६२ रनले हराएको छ । जितसँगै गुजरातले प्लेअफमा स्थान पक्का गरेको छ ।
पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस जितेर ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पछ्याएको लखनउले १३.५ ओभरमा सबै विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)