यू–१६ ब्वाइज टी–वान रग्बीको उपाधि जोसेफ स्कुलले जित्यो
ratopati.com · Sat Sep 19 05:43:37 GMT 2026
काठमाडौँ । बुढानीलकण्ठ १६ वर्षमुनिको ब्वाइज टी–वान रग्बी प्रतियोगिताको उपाधि इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ । नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–१०, आकाशे धारास्थित ह्यान्डबल बहुउद्देश्यीय खेल मैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा इन्टरनेसनल जोसेफ स्कुलले जोसेफ हाइस्कुललाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै इन्टरनेसनल जोसेफ स्कुलले नगद ७ हजार प्राप्त गर्दा जोसेफ हाइस्कुलले पाँच हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी इन्टरनेसनल जोसेफ स्कुलका पासाङ शेर्पा घोषित भए । उनले ट्रफी प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)