जङ्गली हात्ती रोनाल्डोकाे मृत्यु, कारण खुल्न बाँकी
nepalpress.com · Sat Sep 19 05:41:29 GMT 2026

चितवन । चितवनकाे राष्ट्रिय निकुञ्जमा रहेकाे जङ्गली हात्ती रोनाल्डो हात्ती मृत अवस्थामा भेटिएको छ । बरण्डाभार बन क्षेत्रकाे बीसहाजारी पाेष्ट नजिक आज शनिबार बिहान मृत अवस्था भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा लामो समयदेखि देखिदै आएको यो जङ्गली हात्ती करेन्ट लागेर मरेको अनुमान गरिएको छ । यद्यपि निकुञ्जले आधिकारिक पुष्टि गर्न बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)