मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राससकर्मी पौडेल पुरस्कृत

barnanmedia.com · Sat Jun 06 13:18:46 GMT 2026

काठमाडौँ, २३ जेठ : राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक प्रवर्द्धन’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै आज काठमाडौँमा आयोजित कार्यक्रममा रु १५ हजार ५५५ नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

उहाँलाई तनहुँका प्रतिनिधिसभा सदस्य इञ्जिनियर श्रीराम न्यौपाने, समितिका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । विसं २०६३ देखि राससमा आबद्ध पौडेल एक दशकदेखि पोखरामा बसेर पत्रकारिता गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)