आमरण अनशन बसेका वाङ्चुकको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना
lokaantar.com

पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङ्चुकको स्वास्थ्य अवस्था बिग्रिएपछि दिल्ली प्रहरीले उनलाई जन्तर–मन्तरबाट स्थानीय अस्पतालमा भर्ना गरेको छ।
वाङ्चुक पछिल्लो २० दिनदेखि एनईईटी, सीबीएसई, सीयूईटी र एसएससीजस्ता परीक्षामा प्रश्नपत्र चुहावट भएको भन्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आमरण अनशनमा थिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अदालतको आदेश र चिकित्सकहरूको सल्लाहअनुसार प्रहरीले उनलाई अस्पताल पुर्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)