यमनमा साउदी हवाई आक्रमण तीव्र
ratopati.com · Sat Sep 19 05:56:41 GMT 2026

यमन । यमनमा हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबिच तनाव थप चर्किएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन् ।
उनका अनुसार यस साता यमनका ९ प्रान्तमा गरी करिब ३०० हवाई आक्रमण भएका छन् । साउदी अधिकारीहरूले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबिच, बाब अल–मन्देब जलडमरूनजिक पर्ने लाहिजको कहबुब पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको बताइएको छ । ताइज र मारिब क्षेत्रमा पनि झडप जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)