संविधानले बढायो राज्यसँगको पहुँच
gorkhapatraonline.com · Sat Sep 19 05:56:56 GMT 2026

संविधान जारी भएको एक दशकमा कोशी प्रदेशका हिमालदेखि तराईसम्मका नागरिकले राज्यसँगको पहुँच बढाएको अनुभूति गर्न थालेका छन् । स्थानीय तहदेखि प्रदेश र सङ्घीय तहसम्म निर्वाचित जनप्रतिनिधिमार्फत शासन सञ्चालन, महिला तथा विभिन्न जातजाति, क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व, मौलिक हकको संवैधानिक सुनिश्चितता र राज्यका सेवामा नागरिक सहज पहुँच पुग्नु संविधानको महत्त्वपूर्ण उपलब्धि भएको कोशी प्रदेशका विभिन्न पेसाकर्मीको भनाइ छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक तथा लैङ्गिक विभेद अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको बताउँदै त्यसै अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)