मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भैरहवामा जजिराले पुनः उडान थाल्ने

gorkhapatraonline.com · Sat May 13 06:40:43 GMT 2023

काठमाडौँ, वैशाख ३० गते । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।

भैरहवा विमानस्थल महानिर्देशक हंसराज पाण्डेका अनुसार जजिराले आन्तरिक कारण देखाउँदै उडान रोकेको हो । उहाँले भन्नुभयो, “जजिराले वैशाख ६ गते अन्तिम उडान गरेको थियो । वैशाख ८ र १० गतेको उडान व्यावसायिक कारणले रद्द गरेको जानकारीपछि वैशाख २५ देखि नियमित उडान गर्ने जानकारी आएको थियो तर उक्त मितिमा समेत उडान नगरेको कम्पनीले जेठ १ गतेदेखि उडान गर्ने जानकारी गराएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)