मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्टार्टअप उद्यमको परिभाषा हुन सकेन : उद्यमी

abhiyandaily.com

वीरगञ्ज । सरकारले वर्षेनि स्टार्टअप उद्यमका बारेमा विभिन्न योजना ल्याए पनि अहिलेसम्म यसको परिभाषा नै गर्न नसकेको उद्यमीहरूले बताएका छन् । नेपाली युवा उद्यमी फोरम वीरगञ्जले शनिवार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघ, स्टार्टअप तथा इन्नोभेशन समितिका संयोजक रञ्जित आचार्यले सरकारले स्टार्टअपको स्पष्ट परिभाषा र व्याख्या गर्न नसक्दा लक्षित उद्देश्य हात पार्न नसकिएको बताएका हुन् ।

अहिले स्टार्टअप र इन्नोभेसनका क्षेत्रमा महासंघले योजनाबद्ध तरिकाले काम गरिरहेको संयोजक आचार्यले जानकारी दिए । थोरैमात्र स्टार्टअप सफल हुने भन्दै उनले स्टार्टअप उद्यमले जहिले पनि बजार र उपभोक्ताको आवश्यकताबीचको दूरी पूर्ति गर्ने उद्देश्य राख्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)