सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
barnanmedia.com · Sat Sep 19 05:54:34 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पले ती सञ्चारमाध्यमले लगातार ‘फेक न्युज’ प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेका हुन् ।
यद्यपि, उनले आफ्ना आरोपको पुष्टि गर्ने कुनै समाचार, प्रतिवेदन वा आधार भने प्रस्तुत गरेका छैनन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “मलाई यो घोषणा गर्दा गर्व महसुस भइरहेको छ कि तुरुन्तै लागु हुने गरी म फेक न्युज सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसबाट प्रतिबन्धित गर्दै छु, किनभने उनीहरूले लगातार ‘फेक न्युज’ प्रकाशित गरिरहेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)