अमेरिकी 'फिफ्थ फ्लीटको'मुख्यालयमा इरानको आक्रमण
baahrakhari.com · Wed Jun 03 11:24:52 GMT 2026

काठमाडौं । इरानी सेनाले अमेरिकी नौ सेना 'फिफ्थ फ्लीट'को मुख्यालयमा आक्रमण गरेको छ ।
रोयटर्सका अनुसार इरानले उक्त मुख्यालयमा हमला गरेको हो । उक्त मुख्यालय बहराइनको जुफैर जिल्लामा रहेको छ । मिसाइल तथा ड्रोनमार्फत इरानले हमला गरेको रोयटर्सले उल्लेख गरेको छ ।
क्वेसम टापुमा रहेको सञ्चार टावरमा अमेरिकाले गरेको आक्रमणको जवाफमा उक्त कदम चालिएको इरानी सेनाले जनाएको छ ।
#अमेरिका
#आक्रमण
#इरान
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ