आजदेखि एसियाली खेलकुदको २०औँ संस्करण : ४५ देशका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुँदै
ratopati.com · Sat Sep 19 06:11:13 GMT 2026
काठमाडौँ । २०औँ एसियाली खेलकुद आजदेखि जापानमा सुरु हुँदैछ । जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ । ‘आइची–नागोया २०२६’ नाम दिइएको यस संस्करणमा एसियाका ४५ देशका ११ हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् ।
जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि टोकियोले सन् १९५८ र हिरोसिमाले सन् १९९४ मा एसियाली खेलकुद आयोजना गरेका थिए । यस पटकको एसियाली खेलकुद ५४ वटा खेलस्थलमा सञ्चालन हुनेछ । टोकियो २०२० ओलम्पिकमा प्रयोग गरिएका केही संरचनासमेत प्रतियोगिताका लागि प्रयोग गरिँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)