६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
ratopati.com · Sat Jul 18 16:49:11 GMT 2026

काठमाडाैँ । सप्तरी प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएको ठुलो परिमाणको ‘सोनारी डाई’ र एउटा कारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, गत असार ३२ गते राजविराज नगरपालिका वडा नं. ७ स्थित उच्च अदालत जनकपुर राजविराज इजलास अगाडिको सार्वजनिक सडक खण्डमा जाँच गर्ने क्रममा उक्त सामग्री बरामद गरिएको हो । राजविराजबाट सिरहातर्फ जाँदै गरेको बी आर ३९ ए भी ०८७१ नम्बरको भारतीय कारलाई रोकी जाँच गर्दा कारको बिचको सिट र पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भन्सार छली चोरी पैठारी गरी ल्याइएको ६१८ थान सोनारी डाई फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)