यमनमा साउदी हवाई आक्रमण तीव्र
khabarhub.com · Sat Sep 19 06:13:20 GMT 2026

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको छ। हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन्।
सारियाका अनुसार यसै साता यमनका नौ प्रान्तमा गरी करिब ३०० पटक हवाई आक्रमण भएको छ। यद्यपि, साउदी अधिकारीहरूले हुथी प्रवक्ताले लगाएको आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)