ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च
gorkhapatraonline.com · Sat Sep 19 06:24:50 GMT 2026
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ९३ लाख ७२ हजार २५० रुपियाँ खर्च भएको छ । शनिबार फुङलिङ बजारको तोक्मेडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराइएको हो ।
प्रतियोगिता सम्पन्न भएको १५ दिनमै आयोजक लाखेजात्रा सञ्चालन समितिले आयव्यय विवरण सार्वजनिक गरेको हो । सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताबाट हालसम्म ६५ लाख ८८ हजार ५९९ रुपियाँ समितिको खातामा प्राप्त भएको छ । बोलकबोल तथा सम्झौता भएका ३५ लाख पाँच हजार रुपियाँ भने प्राप्त हुन बाँकी रहेको छ । उक्त रकम प्राप्त भएपछि प्रतियोगितामा खर्च भएको रकम तिरेर समितिको खातामा सात लाख २१ हजार ३४९ रुपियाँ बचत हुने समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)